१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाल हत्या बढ्यो, बालश्रम घट्यो

काठमाडौँ – पछिल्लो समयमा बालश्रममा प्रयोग गर्ने प्रवृृत्ति कम हुँदै गएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५/०७६ मा बालश्रमसम्बन्धी विभिन्न सञ्चार–माध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा बालश्रमका घटनामा कमी आएको देखाएको छ। परिषद्का अनुसार आव २०७५/०७६ मा बालश्रमसम्बन्धी एक सय १२ घटना प्रकाशमा आएका छन्। आव २०७४/०७५ मा तीन सय ८४ बालश्रमसम्बन्धी घटना भएका थिए।

बालश्रम ऐनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ। १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नहुने व्यवस्था छ। आव २०७५/०७६ मा सबैभन्दा बढी दोस्रो चौमासिकमा ५८, तेस्रोमा ३४ र पहिलो चौमासिकमा २० बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ।

श्रममा प्रयोग गरेको प्रकृति हेर्दा घरेलु तथा होटल श्रमिकमा बढी ४५ छ। इँटा उद्योगमा २६ प्रतिशत, भारतमा काम गर्ने १२, पढाइ खर्च जुटाउन विभिन्न काम गर्ने १२, जसमा राजमार्गमा लालीगुराँसको फूल र काफल बेच्ने, डुङ्गा चलाउने, भारी बोक्नेलगायत छन्। लागुऔषध ओसारपसारमा ६, पर्यटक घोडामा घुमाउने, डुङ्गामा चालकको रूपमा तथा विवाहलगायत शुभकार्यमा बाजा बजाउने पाँच र यातायातमा तीन बालबालिका संलग्न रहेको पाइएको छ।

बालश्रममा प्रयोग गरिएका बालबालिकालाई लैंगिक रूपमा विश्लेषणालक ९१ र बालिका २१ रहेका छन्। परिषद्का प्रवक्ता रामबहादुर चन्दका अनुसार उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दामुनिका नौ, ११ देखि १४ वर्षको ४३ र १५ देखि १८ वर्षको ६० रहेको ले जानकारी दिए। पछिल्लो समयमा बालबालिकालाई विभिन्न बहाना बनाई समाजमा हत्या गर्ने प्रचलन बढ्दै गएको छ। सो अवधिमा बालबालिका हत्याका ६५ घटना सार्वजनिक भएकोमा सबैभन्दा बढी पहिलो चौमासिकमा २४ घटना भएका छन्। तेस्रो चौमासिक अवधिमा २३ र दोस्रो चौमासिकमा १८ बालबालिकाको हत्या भएको छ।

प्रकाशित: २६ आश्विन २०७६ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App