१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी श्रेष्ठ सम्मानित

काठमाठौं – लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कारबाट नागरिक दैनिककी चितवन जिल्ला संवाददाता सविता श्रेष्ठ पुरस्कृत भएकी छिन्।

श्रेष्ठलाई दुई लाख नगद पुरस्कार प्रदान गरिएको हो। उनलाई जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानुन बनाउन भइरहेको सकस सम्बन्धमा गरेको खोजमूलक समाचार रिपोर्टिङका लागि पुरस्कार दिइएको आयोजकले जनाएको छ। नेपालस्थित अमेरिकी दूतावास र सेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त पहलमा एक वर्षदेखि विभिन्न चरणमा गरिएको खोज पत्रकारिता कार्यक्रमबाट उनी छनोट भएकी हुन्। श्रेष्ठ २०६४ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छिन्।

देशका सातवटै प्रदेशका आठ मुख्य सहरमा गरिएको खोज पत्रकारिता रिपोर्टिङ प्रतिपस्र्धाबाट छानिएका सातजना अन्तिम प्रतिस्पर्धी फेलोहरूसहित राष्ट्रिय पुरस्कार मंगलबार होटल हिमालयमा वितरण गरिएको थियो। कार्यक्रममा छानिएका अन्तिम प्रतिस्पर्धी सात जनालाई लेखनवृत्तिका लागि जनही ७० हजार नगद प्रदान गरिएको थियो।

प्रकाशित: १५ आश्विन २०७६ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App