२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कृषि विकास बैंक ह्याकिङ प्रकरणः बैंकका कर्जा प्रमुख पक्राउ

काठमाडौं- कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले कृषि विकास बैंक लहान शाखाका कर्जा प्रमुखलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनीलकुमार साह रहेका छन्। प्रहरीले अनुसन्धानका लागि उनलाई लहानबाट आइतबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखका प्रवक्ता तथा एसपी केदार ढकालले बताए। 

उनका अनुसार कर्मचारीकै युजर आइडीबाट बैंकको रकम लुटिएको पाइएको हुनाले उनलाई पक्राउ गरिएको हो। लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका थिए। यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो।

गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्। योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो। कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए।

घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७६ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App