६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सँगै रहेकी श्रीमती भन्छिन्- 'बालापुर बस्नेले श्रीमानलाई मार्ने धम्की दिएका थिए, उसैले गाेली हाने'

भैरहवा- बैंकबाट पैसा झिकेर फकर्दै गर्दा लुटेरा समुहको गोली हानी ओमसतिया गाँउपालिकाका–५ का महेन्द्र कुर्मी मृत्यु भएकाे छ। आज दिउँसो मोटरसाईकलबाट फर्किदै गर्दा दुई जनाले श्रीमानको कमिज समाएर तानेर लडाएकाे सँगै रहेकी मृतककी श्रीमती बिजयलक्ष्मीले बताइन्।

उनले मुखमा कपडा बेरेर आएका दुई जनाले गोली प्रहार गरेको बताइन। यसअघि बालापुर बस्ने एक जनाले श्रीमानलाई मार्ने धम्कीसमेत दिएको कारण उनले हत्याको आरोप निजले नै गरेको दाबी गरिन। स्थानीय राजनीतिक दलले अहिलेको सुरक्षा ब्यवस्थामाथि प्रश्न उठाउँदै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन्।

घटनास्थलमै नेपाली कांग्रेस, राजपा, समाजवादी पार्टीलगायतले प्रेस विज्ञप्ती जारी गर्दै २४ घण्टाभित्र हत्यारा नसमातिए आन्दोलनको चेतावनी दिएका छन्।

प्रकाशित: २९ भाद्र २०७६ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App