२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

फाइल।

संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौं आइपुगेका छन्। डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन्।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।

प्रकाशित: १९ भाद्र २०८२ २१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App