१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कुकुर र गाई मार्नेलाई कारबाही माग

काठमाडौं – स्नेहाज केयर र नेपाल भेटेरिनरी एसोसिएसनले खोटाङ रूपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरलाई सामूहिक रूपमा मारिएको र सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर गाई मारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै कुकुर र गाई मार्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट भएको भन्दै दोषीमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग ती दुई संस्थाको माग छ।

  काठमाडौंमा सोमबार गरिएको कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले अहिले ऐन, नियम र कानुन निर्माण भइरहेको भन्दै पशु कल्याणको लागि अब सकारात्मक पहल गर्ने बताए।

प्रकाशित: १७ भाद्र २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App