काठमाठौं– बालबालिकालाई पढाइप्रति उत्प्रेरित गर्ने उद्देश्यले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ‘जनक बालपत्रिका’ प्रकाशन सुरु गरेको छ। बालबालिकाको क्षमता र रुची अनुसारका पठन सामग्री पर्याप्त नभइरहेको अवस्थामा यो पत्रिकाले उक्त अभावलाई पूर्ति गर्ने देखिएको छ।
विभिन्न विधाका बालोपयोगी पठन तथा अभ्यास सामग्री समेटिएको उक्त पत्रिकामा स्थापित रचनाकार एवम् बालबालिकाका विभिन्न रचना समावेश गरिएका छन्।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भएको समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री खगराज बरालले उक्त पत्रिकाको विमोचन गरेका थिए।
पत्रिका विमोचन गर्दै उनले बालोपयोगी सामग्री समेटिएका यस्ता पत्रिकाले विद्यार्थीको पठन संस्कारको क्षितिज विस्तार गर्ने र पाठ्यान्तर व्रिmयाकलापमा विद्यार्थीको सव्रिmयता बढाउने समेत उल्लेख गरेका थिए।
पत्रिकाको समीक्षा गर्दै पाठ्यव्रmम विकास केन्द्रमा महानिर्देशक डा.लेखनाथ पौडेल, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमिल्सेना र लेखक जीवनाथ धमलाले पत्रिकाले समेटेको चैतन्य पक्ष, विषय क्षेत्र विस्तार र निरन्तरता एवम् विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्थाको सामाजिक दायित्वको विषयमा चर्चा गरेका थिए।
यस्तै, चिरञ्जीवी बराल, गणेशप्रसाद भट्टराई, जयन्ती सत्याल र चित्र आचार्यद्वारा सम्पादित भएको सो बालपत्रिकाको डिजाइन भने सन्तोषकुमार दाहालले गरेका छन्।
६४ पृष्ठको रङ्गीन कलेवरमा रहेको उक्त पत्रिका बिक्री बितरणका लागि दश रुपैयाँ मूल्य तोकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।
प्रकाशित: ११ भाद्र २०७६ १०:३७ बुधबार