८ वैशाख २०८१ शनिबार
समाज

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप, एक प्रहरी घाइते

काठमाडाैं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले जिल्ला अदालत चितवन अगाडि प्रर्दशन गरेका छन्। आइतबार रवि लामिछानेलाई बयान लिन अदालतले सोमबारको लागि अदालतले बयान लिने भएको छ। रविको बयान आज नलिएको भन्दै प्रर्दशन गरेपछि प्रहरीले हटाउन खोज्दा झडपसमेत भएको छ। झडपमा एक प्रहरी घाइते भएका छन् भने केहि प्रर्दशनकारी प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो। अदालतले आइतबार कार्कीको मात्र बयान लिन भ्याएको छ। सोमबार अदालत खुलेपछि लामिछाने र कँडेलको बयान लिईनेछ। बयान लिने काम सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ।

प्रकाशित: ८ भाद्र २०७६ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App