coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रवि लामिछानेको बयान भोलि मात्रैः अदालत अगाडी नारा जुलुस, भिड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार

चितवन– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन अन्तर्गत आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएकोमा एक अभियोगीको मात्र बयान लिने काम सकिएको छ। आइतबार कार्यालय समयभित्र अभियोगी अस्मिता कार्कीको मात्र बयान लिने काम भएको हो। बाँकी दुई अभियोगी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको भने सोमबार बयान लिइने चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले नागरिक न्यूजलाई जानकारी दिए।

सोमबार अदालत खुलेपछि लामिछाने र कँडेलको बयान लिईनेछ। बयान लिने काम सकिएपछि मात्र थुनछेक बहस सुरु हुने उनले बताए। प्रहरीले तीनै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन र प्रमाणहरु आइतबार विहान सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। सरकारी वकिल कार्यालयले अनुसन्धान फाईल अध्ययन गरेर अभियोग पत्र तयार गरि आइतबार दिउँसो मुद्धा दर्ता गरेको हो।

तीनै जना अभियोगीलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँको माग दाबी गरेर मुद्धा दर्ता गरिएको छ। लामिछाने समर्थकले दिनभर भरतपुरमा प्रदर्शन गरेका थिए। बेलुकी अदालतबाट फर्काएर प्रहरी कार्यालय ल्याउँदा समर्थकले नारा, जुलुस गरेपछि भीड नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको थियो।

प्रकाशित: ८ भाद्र २०७६ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App