१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने युवक पक्राउ

काठमाडौं– राजधानीको न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रदेश ३ की सांसद भावना सुवेदीको झोला लुटेर फरार सर्लाही घर भई मैतिदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान थालेको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दका अनुसार थिङको समूहले साउन २६ गते दिउँसो साढे ३ बजे कामपा २४ इन्द्रचोकमा भीडभाडको मौका छोपी नगद ७३ हजार, परिचयपत्र, एटिएम कार्ड लगायत अन्य महत्वपूर्ण कागजातहरु रहेको झोला लुटेर लगेका थिए। 

आफू लुटिएपछि सांसद सुवेदीले महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएकी थिइन्। प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा गौशालामा लुकछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरेको हो।

प्रकाशित: ८ भाद्र २०७६ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App