१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विहार बचाउन १५ हजारको हस्ताक्षर

काठमाडौं – असनस्थित करीब ६ सय वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर संकलन गरिएको छ। गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन्। हस्ताक्षर संकलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी लाग्नुपर्नेमा जोड दिए।

‘इण्डोनेसियाको बालीमा रहेका हिन्दू मन्दिरकै कारण वार्षिक लाखौं पर्यटक घुम्न जाँदा रहेछन्। हिन्दू मन्दिरको त्यहाँ संरक्षण भएको छ। मन्दिरै मन्दिरको शहर काठमाडौंका मन्दिर, विहारजस्ता सांस्कृतिक सम्पदा मास्न खोजिँदैछ। यसलाई रोकेर पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्छ,’ उनले भने।

कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त मानन्धर, अभियानकर्मी उमेश स्थापित, असन कोथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीलगायतले भदौ ११ गते असनमा जम्मा भई जुलुससहित संकलित हस्ताक्षर गुठी संस्थानमा बुझाइने बताए। हस्ताक्षर काठमाडौं महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बुझाइनेछ। संस्थानले विहार भत्काई भवन बनाउन ठेक्का लगाएपछि स्थानीयवासी आन्दोलित भएका हुन्।

प्रकाशित: १९ श्रावण २०७६ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App