१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

उदयपुर– एक किशोरीमाथि जवरजस्ती करणी गरेर भाग्न सफल यहाँका युवक प्रहरी फन्दामा परेका छन्। गत असार ४ गते १४ वर्षीया किशोरीलाई जवरजस्ती बलात्कार गरी फरार रहेका त्रियुगा नगरपलिका ८ बगाहा बोकेढिकका २० वर्षीय सञ्जय राउत शनिबार दिउँसो पक्राउ परेका हुन्। 

किशोरीमाथि जवरजस्ती गरेलगत्तै प्रहरी नजरमा लुकिछिपी बस्दै आएका राउतलाई त्रियुगा नगरपालिका ११ गाईघाट संगमटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार उनलाई आफन्तको घरमा लुकिछिपी बसेको विशेष सुराकीको आधारमा टोली खटाई पक्राउ गरिएको हो। 

उनीमाथि जवरजस्ती करणी विरुद्धको ऐन अनुसार कारबाही गर्नेगरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। दुई दिनअघि मात्र बालिकामाथि जवरजस्ती गरी फरार रहेका एक अधवैशे पुरुष घट्नाको डेढ महिनापछि पक्राउ परेका थिए। आपराधिक घट्ना घटाउँदै फरार हुने क्रम बढेपछि प्रहरीले विशेष अभियान चलाएर नियन्त्रणमा लिई कानुनी सजायको भागीदार बनाउन थालेको एसपी मगरले बताए। 

प्रकाशित: १८ श्रावण २०७६ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App