५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वडा कार्यालयमा पेट्रोल बम प्रहार

नुवाकोट - अज्ञात समूहले ककनी गाउँपालिका–१ को कार्यालयमा पेट्रोल बम प्रहार गरेको छ। मंगलबार राति साढे ११ बजेतिर अज्ञात समूहले  पेट्रोल बम प्रहार गर्दा वडा भवनको दुई कोठामा क्षति पुगेको छ। वडा अध्यक्ष र सचिवको कोठामा रहेको कागजपत्र, फर्निचर, कम्युटर लगायतको सामाग्री जलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।

थापाको अनुसार बम प्रहारसँगै भएको आगलागी साढे १२ बजे नियन्त्रणमा लिइएको थियो। बम प्रहार गर्ने अज्ञात समूह फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

स्थानीय तहको निर्वाचनपछि प्रयोग विहिन अवस्थामा रहेको महालक्ष्मी जनजागृत युवा क्लवको भवन वडा कार्यलयले मर्मत सम्भार गरी वडा कार्यालयले प्रयोग गर्दै आएको थियो। भवनमा रहेको ४ कोठा मध्ये २ कोठामा क्षति पुगेको वडा अध्यक्ष चन्द्रबहादुर बलामीले बताए।

प्रकाशित: १५ श्रावण २०७६ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App