१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हराएकी बालिका २ दिनपछि सकुशल भेटिइन्

ताप्लेजुङ– साउन १२ गते आइतवार अपरान्हबाट बेपत्ता भएकी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामकी २१ महिनाकी एक बालिका २४ घण्टा पछि मंगलवार अपरान्ह सकुशल भेटिएकी छन्।  साविक सिनाम १ बस्ने सन्तोष ईवारम लिम्बू र सरस्वती साउदेन इवारम लिम्बूकी छोरी सुम्निमा मंगलवार अपरान्ह घरभन्दा करिब एकघण्टा टाढाको खरबारीमा अल्झिएर बसेको अवस्थामा सकुशल भेटिएको बालिकाको खोजीका लागि सदरमुकाम फुङ्लिङबाट सिनाम पुगेका जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। ‘हराएको स्थलको चारैतर्फ प्रहरी टोली खटाएर स्थानीय बासिन्दाको साथ खोजी गर्दा हराएको २४ घण्टापछि पनि बालिका सकुशल भेटिइन्’, डिएसपी थापाले नागरिकसँग भने। 

उनका अनुसार बच्चाको बाहिरी अवस्था हेर्दा सकुशल र टाठै देखिए पनि स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिन पठाइएको छ। बालिकाका आफन्त र स्थानीयले बच्चा हराएको लामो समयसम्म फेला नपारेपछि डिएसपी थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र सिनाममा रहेको सशस्त्र प्रहरी बलको टिमका स्थानीय बासिन्दाका साथ खोजी तथा उद्धारमा खटिएको थियो। 

सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामकी वडाध्यक्ष उर्मिला थेबेले हराएकी बालिका सकुशल फेला परेकोमा प्रशन्नता व्यक्त गरिन्। स्थानीयका अनुसार आइतबार अपरान्ह घर नजिकैको मकैबारीमा काम गर्दै गरेका आमाका साथमा रहेकी बालिकालाई हजुरबुबाले घर लगेका थिए। घरमा पुर्याएर बुहारी र नातिनातिनासंगै हजुरबुबा मकैबारीमै काम गर्न थाले। काम सकेर घर फर्कदा बालिका घरमा थिइनन्। त्यो बेलादेखि बेपत्ता बनेकी बालिका दुईदिन पछि घरभन्दा करिब १ घण्टा टाढाको खरुकी जंगलमा भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान जारी रहेको समेत बताएको छ। 

प्रकाशित: १४ श्रावण २०७६ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App