११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

ईक्यान शैक्षिक मेला हुने

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ इक्यानले असार २६ गतेदेखि राजधानीको भृकुटीमण्डपमा बृहत् शैक्षिक मेला गर्ने भएको छ। इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले मंगलबार पत्रकार सम्मेलनमा विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा भावि सम्भावना र अवसरका विषयमा पर्याप्त सूचना प्रवाह गर्नु मेलाको उद्देश्य रहेको बताए।

‘स्वदेशी तथा विदेशी शैक्षिक संस्था तथा तीनमा उपलब्ध छात्रवृत्ति, सुविधाएवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको सहज पहुँचका लागि परामर्श सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष पाण्डेले भने। मेलामा एक लाख पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अस्ट्रेलिया, आयरल्याण्ड, नर्वेलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको सहभागीता हुनेछ।

प्रकाशित: २५ असार २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App