२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विद्युत् नियमितकाे माग गर्दै डेलिगेसन

विद्युत् प्राधिकरणमा डेलिगेसन गएका स्थानीय। तस्बिरः नागरिक

गोरखा – सहिद लखन गाउँपालिका मनकामनामा एक सातादेखि विद्युत् अनियमित छ। विद्युत् अनियमित हुँदा सास्ती व्यहोर्नु परेको भन्दै मनकामनाका व्यवसायीहरू विद्युत् प्राधिकरण वितरण केन्द्र गोरखामा डेलिगेसन गएका छन्।

छिनछिनमा बत्ती जाने, दिनभरमा करिब दुई घण्टा मात्रै बत्ती आउने, रातको समयमा पनि बत्ती नहुने भएपछि लिफ्टबाट पानी तान्न, वितरण गर्न, होटल व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो उनीहरूको छ।

बत्ती अनियमित भएर हैरान भएपछि उद्योग वाणिज्य संघ मनकामना बजार इकाइको अगुवाइमा बुधबार छलफल गरेर प्रदीप श्रेष्ठको अगुवाइमा संघर्ष समितिसमेत गठन गरिएको छ। बत्ती झ्याप्प जानेआउने हुँदा कम्प्युटर, फ्रिज, बिजुली बत्तीको चिममा समेत असर पुगेको अर्का स्थानीय दिनेश जोशीले बताए।

विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख माधव न्यौपानेले आँबुखेरेनी सवस्टेशनमा समस्या देखिएकाले बत्ती आउनेजाने समस्या भएको बताए। ‘समस्या के हो भन्ने यकिन छैन, पहिचानको प्रयास भइरहेको छ,’ उनले भने, ‘छुट्टै फिडर राख्न खर्च धेरै लाग्छ, अहिले तत्काल गर्ने भनेको छिटो मर्मत गराउने हो।’ मनकामना, गण्डकी गाउँपालिका र सहिद लखनको अन्य ठाउँमा र मुग्लिनमा वितरण गरिएको लाइन एउटै सवस्टेशनको भएकाले समस्या धेरै आएको उनको भनाइ छ।

प्रकाशित: १९ असार २०७६ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App