२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विशेष नगरसभा अवैधानिकः नगरप्रमुख श्रेष्ठ

भक्तपुर– मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार भएको भनिएको मध्यपुर थिमि नगरपालिकाको विशेष नगरसभा अवैधानिक भएको बताएका छन्। बहुमतको दम्भको आधारमा गरिएको नगरसभा वैधानिक हुन नसक्ने नगरप्रमुख श्रेष्ठले बताए। बिहीबार भक्तपुरमा भएको एउटा अन्तरक्रियामा नगरप्रमुख श्रेष्ठले बिधि र प्रक्रिया भन्दा बाहिर गएर गरिएको नगरसभा मान्य नहुने बताए।

बुधबार नगर उपप्रमुख अन्जना मधिकर्मीको अध्यक्षतामा विशेष नगरसभा भएको थियो। सभामा मेयर श्रेष्ठ सहभागी भएका थिएनन्। तयारी पूरा हुन नसकेको भन्दै नगरप्रमुख श्रेष्ठले नगरसभा स्थगन गरेको सूचना टाँंस गरेका थिए। तर उपप्रमुख मधिकर्मीको नेतृत्वमा बहुमत सदस्य सहभागी भई नगरसभा सम्पन्न गरिएको थियो।

मध्यपुर थिमि नगरपालिकामा मेयर श्रेष्ठसहित अल्पमत तत्कालिन सदस्य तत्कालिन एमालेबाट विजयी भएका थिए। ४५ जनप्रतिनिधिमध्ये उपप्रमखसहित ३५ जनप्रतिनिधिहरु कांग्रेसबाट विजयी भएका थिए। यसकारण नगरसभाकै विषयमा त्यहाँं निरन्तर विवाद चल्दै आएको छ। नगरप्रमुखमा हार व्यहोरे पनि उपप्रमुखसहितको बहुमत काँंग्रेसबाट निर्वाचित भएपछि प्रमुख र उपप्रमुखबीच त्यहाँं निरन्तर विवाद चल्दै आएको छ।

नगर प्रमुख श्रेष्ठले दुई तिहाईको दम्भ देखाउँदै प्रदेशसभाले ल्याएको कानुन बिपरित बिशेष नगरसभा सम्पन्न गरिएकोप्रति आफ्नो आपत्ति रहेको बताए। कानुनीसम्मत नगरसभा स्थगन गरिएको सूचनालाई च्याती उपप्रमुखको अध्यक्षतामा सम्पन्न गरिएको बिशेष नगरसभाले गलत नजिर बसेको उनको दाबी छ। उनले यसले समग्र नगरको विकास तथा कानुनी झन्झट निम्ताएको आरोप लगाए।

बहुमतको पहुँचमा अन्य जनप्रतिनिधिले प्रमुखको अधिकार भन्दा माथि रहेर आफ्नो काम गर्नु पाउनुपर्छ भन्ने सोचले जटिल परिस्थिति श्रृजना भएको उनको भनाइ थियो। विभिन्न स्थानमा गरिएका नियुक्तिहरु कानुन अनुसार नै भएको र नगर प्रमुखले आर्थिक हिनामिना गरेको आरोपहरु गलत भएको उनको दाबी छ। आफूले गरेको काम अवैधानिक भएको पुष्टि गर्नसमेत उनले चुनौती दिए। सम्पन्न नगरसभाले नगरप्रमुखले गरेको सवै काममाथि अनुसन्धान गर्ने निर्णय गरेको थियो।

अबको निकास भने सहमती र समझदारी बाहेक अरु नभएकाले थिमि नगरपालिकाको विकासका लागि दलिय स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्नेमा उनले जोड दिए।

प्रकाशित: १९ असार २०७६ ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App