१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

एक सातादेखि टेलिफोन सेवा बन्द

हुम्ला– दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ। असार पहिलो हप्ता चङ्खेली गाउँपालिका–३ मेल्छाममा रहेको टेलिफोन टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ।

टेलिफोन सेवा पुनः सञ्चालन  नहुँदा मेल्छाम, दार्मा, सर्केगाडलगायतका बासिन्दा सञ्चारबाट विच्छेद भएका छन्। टेलिफोन गर्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को गाउँ पुग्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष धनलाल चौलागाइँले बताए। टेलिफोन सेवा सञ्चालन गर्नेतर्फ सरोकारवाला उदासीन भएको स्थानीय वडा नं ३ का सपना ऐडीले गुनासो गरे।

नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले नेपालगञ्ज क्षेत्रीय निर्देशनालयबाट टेलिफोन मर्मतका लागि प्राविधिकको टोली आउने तयारी गरिरहेको जानकारी दिए। प्राविधिक टोली आएर मर्मत गरेपछि मात्रै सेवा सञ्चालन हुने भएकाले अझै केही दिन सञ्चारमा कठिनाइ हुनसक्ने उनले बताए। रासस

प्रकाशित: १६ असार २०७६ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App