काठमाडौं - नेपाली सेनाको प्राविधिक उपरथीमा पदोन्नति भएका कमाल सिंह प्रधानलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित विशेष समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरे।
मन्त्रिपरिषद्को असार १२ गतेको निर्णय अनुसार उनको बढुवा भएको थियो। प्राविधिक उपरथीमा पदोन्नति भएका उनलाई ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ।
प्रकाशित: १६ असार २०७६ १०:२१ सोमबार