१६ चैत्र २०८० शुक्रबार
समाज

सर्लाहीमा गोली चल्यो, एक घाइते

नवलपुरस्थित स्वास्थ्य केन्द्रमा उपचाररत घाइते महतो ।

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक मजदुर घाइते भएका छन्।

लालबन्दी नगरपालिका १, नवलपुर निवासी ३० वर्षीय जयनाथ महतो अज्ञात समूहको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय ब्रह्मस्थान मन्दिर निर्माणमा मजदुरीको काम गरिरहेको अवस्थामा शनिबार मध्यान्ह मोटरसाइकलमा आएका दुई जनाको समूहले महतोमाथि गोली प्रहार गरेको थियो। 

दाहिने पाखुरामा गोली लागेका महतोलाई नवलपुर स्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि वीरगंजतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए। 

गोली प्रहार गर्ने दुईजना पहिला महतो घरमा पुगेको  र त्यहाँ फेला नपरेपछि खोज्दै काम गरिरहेको स्थानमा आइपुगेको स्थानीयले बताएका छन्। आक्रमणकारी समूहको पहिचान भइनसकेको र गोली प्रहारको कारण पनि नखुलेको प्रहरीले जनाएको छ। 

गोली प्रहार गर्ने वितिकै दुई जना जंगलको बाटो हुदैं पूर्वतर्फ भागेको स्थानीयले जनाएका छन्। फरार आक्रमणकारी समूहको खोजीकार्य व्यापक बनाइएको प्रहरीको भनाई छ।

प्रकाशित: १४ असार २०७६ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App