५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आँप उत्पादन घट्याे , मूल्य बढ्यो

लहान – सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ। उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको  प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।

सिरहामा यस वर्ष पाँच हजार एक सय ७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार सात सय ५५ मेट्रिक टन मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगीरथ यादवले जानकारी दिए। कूल पाँच हजार सात सय ५५ हेक्टरमा आँप फल्ने जग्गा रहेको जिल्लामा गत वर्ष पाँच हजार एक सय ७० हजार हेक्टरमा प्रतिहेक्टर चार दशमलव पाँच प्रतिशतका दरले २३ हजार दुई सय ६५ मेट्रिकटन आँप उत्पादन भएको थियो।

यस्तै सप्तरीमा समेत यस वर्ष आँप उत्पादन ह्वात्तै घटेको छ। यहाँ कूल पाँच हजार हेक्टरमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिकटनका दरले सात हजार मेट्रिकटन आँप उत्पादन भएको यादव बताउँछन्।

गत वर्ष सप्तरीमा प्रतिहेक्टर आठ मेट्रिकटनका दरले आँप उत्पादन भएको थियो। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत आँपको पकेट क्षेत्र हुन्। 

आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिनापानी र मधुवा कीराले क्षति पु-याएको बागवानी अधिकृत यादवले बताए।
सिरहा र सप्तरीको बजारमा माल्दा आँप प्रतिकिलो एक सय रुपैयाँ, बम्बई आँप एक सय २०, सरही आँप ८० तथा अन्य आँप प्रतिकिलो ५० रुपैयाँमामा बिक्री भइरहेको छ। गत वर्ष प्रतिकिलो ५० रुपैयाँ भन्दा कममै आँप बिक्री भएको थियो। रासस

प्रकाशित: १४ असार २०७६ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App