१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘स्वार्थका कारण एकैठाउँमा दुई विश्वविद्यालयका क्याम्पस’

मकवानपुर - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्तिगत स्वार्थले एकै ठाउँमा एउटै विषय अध्यापन हुने दुई विश्वविद्यालयका क्याम्पस सञ्चालन भइरहेको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको शैक्षिक भवनको हेटौंडामा शिलान्यास गरेपछि उनले व्यक्तिगत स्वार्थका कारण एकै ठाउँमा एउटै विषयका दुई विश्वविद्यालयका क्याम्पस सञ्चालन हुँदा शैक्षिक गुणस्तरमा असर परेको बताए।

‘आवश्यकता र औचित्य थियो वा थिएन, यहाँ कसको स्वार्थ कहाँ लुकेको छ, थाहा छैन,’ उनले भने, ‘यहाँ कसै न कसैको स्वार्थले काम गरेको छ, यसमा दुई मत छैन।’ एउटा हाताभित्र एउटै विषयको पढाइ दुई विश्वविद्यालयको पाठ्यक्रमअनुसार हुनपर्ने कुनै आवश्यक नरहेको भन्दै उनले अति आवश्यक रहेकाले मात्रै हिम्मत गरेर भवन शिलान्यास गरेको बताए। ‘हामीले एउटा भवन शिलान्यास ग¥यांै, यो विवाद धेरै लामो समयदेखि भवन बन्दै आएको थियो,’ उनले भने, ‘यहाँ दुईवटा पक्ष छ, एउटै कम्पाउण्डभित्र एउटै विषयको दुई–दुई वटा विश्वविद्यालय किन चाहियो भन्ने प्रश्न हो।’

उनले नाम नलिई त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडा क्याम्पसले भवन निर्माणमा अवरोध गरेको उल्लेख गर्दै भने, ‘भवनहरू जीर्ण छन्, अत्याधुनिक शैक्षिक भवन बनाउन नदिन झगडा किन रु,’ त्रिभुवन विश्वविद्यालय वा कृषि तथा वन विज्ञान विश्वविद्यालय जसको भागमा परे पनि भवन निर्माण अति आवश्यक रहेको भन्दै उनले आवश्यक परे प्रदेश विश्वविद्यालयले पनि प्रयोग गर्न सक्ने बताए। विकासको प्रतिपक्षमा कोही हुन नहुने भन्दै उनले प्रदेश सरकारले गुणस्तरीय एवं प्राविधिक शिक्षाको विकासमा जोड दिएको बताए। ८ वर्षअघि त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा र भवनमा सरकारी निर्णयपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्याम्पस सञ्चालन हुँदै आएको छ। कार्यक्रममा राष्ट्रियसभाका सांसद रामचन्द्र राईले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी आर्थिक समृद्धि र विकासमा जोड दिनुपर्ने बताए। प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री अरुण नेपालले समृद्धिको लागि वन र कृषिलाई जीवनको आधार बनाउनुपर्ने भन्दै विकास र समृद्धिका लागि विज्ञ विशेषज्ञहरुले नयाँ दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए। प्रदेश ३ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले नेपालको हावापानी अनुकूल रहेकाले विकास र समृद्धिका लागि सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयले सशक्त रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताए।
 
कुल ९ करोड ८८ लाख रुपैयाँ लागतमा पाँच तलामा २० वटा कोठे भवन निर्माण गर्न लागिएको कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाका डिन डा। बलराम भट्टले बताए। करिब २ कठ्ठा जग्गामा निर्माण हुने भवनमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार हल सञ्चालन गरिने उनले जानकारी दिए। कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्याम्पसमा वन बिज्ञानसम्बन्धी स्नातक तथा स्नातकोत्तरका ४ सय ६३ र विद्यावारिधीका २ जना विद्यार्थी अध्ययनरत छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको हेटौंडामा शैक्षिक भवनको शिलान्यास कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत।

प्रकाशित: १० असार २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App