१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

धादिङ जीप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्याे

धादिङ - गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएर दुर्घटना भएकाे छ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३२ वर्षीय सेतु मिजार, सोही ठाउँका ३८ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया सबिता अधिकारीको उपचारका लागि लगिदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले घटनास्थलबाट जानकारी दिए। दुर्घटनामा १० जना घाईते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ।

तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आइपुगेको स्थानीय हेमन्त भण्डारीले जानकारी दिए। 

प्रकाशित: ६ असार २०७६ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App