काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगले द्रूत अनुगमन तथा कार्य टोली (आरआरटी) गठन गरेको छ। मानव अधिकार उल्लंघनका गम्भीर घटनालाई शीघ्र अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगले टोली गठन गरी अनुगमन सुरु गरेको हो।
आयोगको कानुन, अनुसन्धान तथा अनुगमन विभागका निर्देशकको नेतृत्वमा रहने उक्त टोलीले देशका सबै ठाउँमा हुने गम्भीर प्रकृतिका मानवअधिकार हनन्का घटनाहरुलाई अनुगमन गरी आयोगमा तत्कालै प्रतिवेदन पेस गर्ने आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए।
प्रकाशित: ४ असार २०७६ ११:२० बुधबार