९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जेष्ठ नागरिकलाई लौरो उपहार

छथर गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई लौरो उपहार प्रदान । तस्बिरः भगिश्वर/नागरिक

तेह्रथुम– जिल्लाका दुर्गम गाउँका जेष्ठ नागरिकहरु अझै स्वास्थ्यको पहुँचमा पुग्न नसकेको भन्दै छथर गाउँपालिकाले घरघर पुगेर स्वास्थ्य परिक्षण र लौरो उपहार वितरण गरेको छ। जेष्ठ नागरिकहरुको साहाराको रुपमा छथर गाउँपालिकाले नेपालमै नमुना कार्यक्रम लौरो उपहारमार्फत स्वास्थ्य परिक्षण र लौरो प्रदान गरेको हो।

गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुको घरघरमा पुगेर निशुःक स्वास्थ्य जाँच औषधि वितरणका साथै गाउँपालिका साथी लौरो उपहार दिन सुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताए। उनका अनुसार जेष्ठ नागरिक संघ छथर शाखाको आयोजनामा भएको कार्यक्रममा बस्नेतको स्वास्थ्य जाँच औषधि वितरणका साथै लौरो उपहार दिइएको हो।

पहिलो पटक छथर गाउँपालिकाकै जेष्ठ नागरिक १ सय ७ वर्षका टेकबहादुर बस्नेतको स्वास्थ्य जाँच गरि औषधि वितरणका साथै लौरो उपहार प्रदान गरिएको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गाउँकार्यपालिका सदस्य, वडा सदस्यहरुको नेतृत्वमा स्वास्थ्यकर्मीसहित स्वंमसेवकहरुको टोलीले घरैमा सेवा दिने गाउँपालिकाले जनाएको छ। छथर गाउँपालिकाको चाहाना, सु–स्वस्थ्य र दिर्गायुको कामना भन्ने मुल नाराका साथ गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई घरैमा स्वास्थ्य जाँच औषधि वितरणका साथै लौरो उपहार कार्यक्रम सुरु भएको गाउँपालिका उपाध्यक्ष तारा खरेलले बताइन।

आर्थिक वर्ष ०७५/७६ मा १० लाख रुपैयाँ रकम विनियोजित भएको रकमबाट कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता राजन नेपालीले बताए। असार १ गते गाउँपालिकाको वडा नम्बर १ बाट नागरिकहरुलाई घरैमा पुगेर स्वास्थ्य जाँच औषधि वितरणका साथै लौरो उपहार दिईने भएको स्वास्थ्य शाखाका सन्जिव रसाइलीले जानकारी दिए।

गाउँपालिकामा रहेको ९ सय २८ जना नागरिकहरुलाई घरैमा पुगेर सेवा दिने तयारी पुरा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले गत वर्ष पनि जेष्ठ नागरिकहरुलाई घरैमा पुगेर स्वास्थ्य परिक्षण सेवा दिएको थियो।

 

प्रकाशित: १ असार २०७६ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App