१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दुलेगौँडा - तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानी पानीकुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार शुक्लागण्डकी–११ राइपुरका ६६ वर्षीय हुमबहादुर सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यलय बेलचौताराका प्रहरी निरीक्षक सरोज गिरीले बताए।

गिरीका अनुसार आइतबार साँझ दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ४०३९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग २ प २३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका सापकोटाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन्।

सोही स्थान नजिकै आइतबार बिहान ट्रिपरको ठक्करबाट साइकलयात्रीले ज्यान गुमाएका थिए। बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ गाउँपालिका–४ भिरकोट ढुंगागाढे घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा बस्दै आएका २१ बर्षिय कमल विकको ज्यान गएको हो।पृथ्विराजमार्गको दुलेगौँडा कोत्रे खण्डको सडकमा अत्याधिक खाल्डाखुल्डी भएका कारण दैनिक जसो दुर्घटना हुने गरेको छ।

 

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App