१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१३ वर्षीया बालिकामाथि जबरजस्ती गरेकाे आरोपमा पक्राउ

उदयपुर– उदयपुरका एक युवा बालिकामाथि जवरजस्ती गरेको आरोपमा पक्राउ परेका छन्। १३ वर्षीया बालिकामाथि जवरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका ४ का ३६ वर्षीय देवकुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका स्थायी घर भई चौनपा ४ बेलटारमा आफन्तको घरमा बस्दै आएकी बालिकामाथि राईले ४ दिनअघि जवरजस्ती गरेको आरोपमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको हो। पीडितका आफन्तले दिएको जाहेरी अनुसार राईले बालिकालाई ललाईफकाई २२ गते राति ११ः३० बजेको समयमा बालिकालाई जवरजस्ती गरेर भागेको आरोपमा पक्राउ गरिएको हो। 

घट्नाबारे पीडितका आफन्तले २४ गते दिउँसो दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको संयुक्त टोलीले राईलाई नियन्त्रणमा लिएको हो। उनीमाथि जिल्ला अदालतबाट म्याद थपी आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बडाइएको जनाइएको छ।

प्रकाशित: २६ जेष्ठ २०७६ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App