२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सन् २०३५ सम्म क्षयरोग नियन्त्रण

काठमाडौं- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताएका छन्।

उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना पनि अघि सारे। आईतबार काठमाडौंमा आयोजित 'राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले क्षयरोग नियन्त्रणका लागि अन्तराष्ट्रिय समूदायले नेपालमा पुर्‍याउँदै आएको सहयोगको पनि खुलेर प्रशंशा गरे। उपप्रधानमन्त्री यादवले सरकारले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको जानकारी दिए।

उपप्रधानमन्त्री यादवले क्षयरोग निवारणका लागि सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए। नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिवद्धता विश्व स्वास्थ्य संगठनमा जनाई सकेको छ। सो प्रतिवद्धता पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको उपप्रधानमन्त्री यादवको दावी छ।

 

 

प्रकाशित: २६ जेष्ठ २०७६ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App