१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नाबालिकामाथि जबरजस्तीकरणी तथा हत्या प्रयासको आरोपमा महिला पक्राउ

बारा– दुई बर्षीया बालिकाको जबरजस्ती करणी पछि हत्या प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

बारा महागढीमाई नगरपालिका वडा नं.१ सेमरा तेगछिया टोल बस्ने वर्ष ४० की कलावती देवी गिरीलाई दुई बर्षीय बालिकालाई जबरजस्ती करणी पछि हत्या प्रयास गरिएको भन्दै पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

बिहीबार दिउँसो पीडित बालिका आफ्नो घर नजिकै खेलिरहेको अवस्थामा कलावतीले रिसइबी साध्ने मनसायले नाबालिका जबरजस्ती उठाई एकान्त स्थानमा लगि प्लाष्टिकको डोरीले दुवै हाथ बाँधी पीडितको मुख तथा योनीमा कपडाको टुक्रा कोची बालिकालाई मार्ने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको एसपी भट्टराईले बताए।

पक्राउ परेकी गिरीलाई जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए।

प्रकाशित: २५ जेष्ठ २०७६ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App