७ वैशाख २०८१ शुक्रबार
समाज

यार्सा संकलनमा गएका आठ जनाले ज्यान गुमाए

फाइल तस्बिर/नागरिक

डोल्पा - डोल्पाका विभिन्न पाटनहरुमा यार्सा संकलन गर्न गएका आठ जनाको ज्यान गएको छ। लेक लागेका पाँच जनाको ज्यान गएको एक साता नबित्दै थप तीन जनाको मृत्यु भएको हो।

पछिल्लो समय ज्यान गुमाउनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिकन ९ का ३९ वर्षीय कृष्णबहादुर शाही, डोल्पा ठुलीभेरी नगरपालिका ५ की ४० वर्षीया धनकला बुढा र काइकेगाउपालिका अन्रतगत पर्ने ब्यासरिषि घर भएकी ४० वर्षीया कान्छी विकको नवजात शिसु समेतको रहेको छन्। तीनै जनाको अत्यधिक चिसो र लेक लागेर मृत्यु भएको हो।नवजात शिसुको ठांगे भन्ने यार्सा पाटनमा र रुकुम पश्चिमका कृष्ण शाहीको डोल्पोबुद्द गाउँ पालिका अन्रगत पर्ने धो ताक्सीलेकमा मृत्यु भएको हो।

यसै गरी धनकला बुढाको ठुलीभेरी नपा अन्रगत पर्ने ग्यालवाडा भन्ने यार्सा पाटनमा लेक लागेर बिहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले जानकनरी दिए।यस अघि जुम्ला डोल्पा जाजरकोट रुकुम जिल्लाका समेत गरि पाँच जनाको मृत्यु भइसकेको छ।अहिले सम्म डोल्पाका विभिन्न यार्सा पाटनमा लेक लागेर मृत्यु हुनेहरुको संख्या बिहिवार सम्म ८ पुगेको छ।यो वर्ष लामो समय सम्म परेको वर्षा र हिमपातले गर्दा डोल्पाका यार्सायुक्त हिमपाटनहरुमा यार्सासंकलकहरुको लागि कस्टकर बनेका छन।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App