१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फोनबाट ‘लभ’ पर्‍यो, बिहे गर्न नमान्दा प्रेमिकाले झापड हानेपछि...

हत्याका मुख्य अभियुक्त असिरुद्धिन र सहयोगी अस्लम  ।

भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिका १ भुझौलीकी १८ वर्षीय सवनाम निशा गत बैशाख ३० गतेदेखि हराइरहेकी थिइन्। आफ्नै घरबाट बेपत्ता उनी जेठ १ गते विहान नजिकैको रुपन्देही कपिलवस्तुको सीमा सुख्खा खोला नजिक मृत अवस्थामा फेला परिन्। सवनामका पिता मोहम्मद ईसहाकले छिमेकी असरुद्धिन मुसलमानले हत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थाल्यो।

प्रहरीको अनुसन्धान अन्ततः सफल भयो, मृतकको पिताले जाहेरी दिएको व्यक्तिले नै हत्या गरेको प्रमाणित भयो। गत वैशाखमा मृत अवस्थामा भेटिएकी निशालाई उनकै प्रेमीले अन्य दुई साथीको सहयोगमा हत्या गरेको तथ्य जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

प्रहरीले हत्या गर्ने प्रेमी असरुद्धिन मुसलमान र सहयोगी अस्लाम मुसलमानलाई पक्राउ गरी सार्बजनिक गरेको हो। हत्यामा संलग्न अर्का एक सहयोगी अझै फरार रहेको प्रहरीले जनाएको छ। हत्याका मुख्य अभियुक्त मुसलमानलाई नेपाल भारतको सीमावर्ती क्षेत्रमा लुकी बसेको अवस्थामा पक्राउ गरेको हो भने सहयोगी अस्लाम मुसलमानलाई कपिलवस्तुको वाणगंगा नगरपालिका–१० घरबाटै नियन्त्रणमा लिएको हो।

सवनाम र असुरुद्धिनबीच करिब ६ महिनादेखि प्रेम सम्बन्ध रहेको थियो। ६ महिनादेखि दुई जनाबीच बाक्लो फोन संवाद र पटकपटक एसएमएस भएको थियो, तर मोबाइल आफ्नो छोरीसँग छ भन्ने कुरा मृतकको परिवारलाई थाहा थिएन। घटना भएको एक हप्ताअघि मात्र सवनामको आमालाई छोरीसँग मोबाइल रहेको थाहा पाएपछि मोबाइल खोसेकी थिइन्। मोबाइलबाट कुरा गर्न नपाएपछि मौखिक रुपमा प्रेमीलाई भेट्न बोलाउने र कुराकानी गर्ने गरेकी थिइन्। सोही क्रममा बिहे गर्न दबाब दिँदा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अहिले बिहे गर्ने बेला भएको छैन भन्दै असिरुद्दिनले विवाहको प्रस्ताव अस्वीकार गर्दै आएका थिए। तर जेठ ३० गते सवनामले आफ्नो प्रेमीलाई बिहे गर्न नमानेको भन्दै दुई झापड हिर्काइन्। त्यसपछि आवेगमा आएर घर नजिकै एकान्त स्थानमा बोलाई असिरुद्दिनले आफ्नो साथीको सहयोगमा सलले सवनामको घाटी कसी हत्या गरेको प्रहरीको दावी छ। उनले शव कसैले नदेखोस भनेर घाँसपातले सोही स्थानमा छोपेर भागेको रुपन्देहीका प्रहरी प्रमुख एसपी एसपी हृदय थापाले बताए। 

‘घटना भएपश्चात असिरुद्धिन कपिलवस्तुको पकडी हुँदै फरार भएका थिए। भारतीय सीमा नाकामा असिरुद्धिनको फुपुको घर रहेछ, त्यसपछि हामीले खोजीका लागि भारतीय प्रहरीलाई पनि आग्रह गरेका थियौ, उनी फुपुको घर पुगेर फरार भएका थिए। असिरुद्दिन र अस्लमलाई लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ ग-यो’, एसपी थापाले भने। 

प्रकाशित: २० जेष्ठ २०७६ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App