९ आश्विन २०७७ शुक्रबार
समाज

दुर्घटनामा महिलाको मृत्यु

सप्तरी- सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा आज  भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को१क २१२० नं को मिनी ट्रकले ठक्कर दिँदा म्याजिक भ्यानमा सवार सुरुङ्गा नगरपालिका–७ का ६५ वर्षीया हलिना खातुनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार उक्त दुर्घटनाका घाइतेलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको छ। रासस

प्रकाशित: १७ जेष्ठ २०७६ २१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App