७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रुखले किच्दा विद्यालय जाँदै गरेका बालकको मृत्यु

सांकेतिक तस्बिर

इलाम– एक्स्काभेटरले सडक खन्ने क्रममा रुखले किचेर विद्यालय जाँदै गरेका बालकको मृत्यु भएको छ। बालकसँगै विद्यालय जाँदै गरेकी बालिका घाइते भएकी छिन्।

सूर्याेदय नगरपालिका–६, तारगाउँका १२ वर्षे भेषराज गजमेर र त्यही गाउँकी १४ वर्षीया कृतिका रसाइली कृष्णाश्रम माध्यमिक विद्यालय जाँदै गर्दा रुख लडेर किचेको थियो। घाइते दुवैलाई उपचारका लागि फिक्कलस्थित सूर्याेदय पोलिक्लिनिक लगिएकामा भेषराजको उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कृतिकालाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको छ। उनको टाउकामा चोट रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार को १ ख २४२७ नम्बरको एक्स्काभेटरले हर्कटेबाट थापागाउँ जाने सडक खन्दै थियो। एक्स्काभेटर चालक विराटनगरका २९ वर्षे राजेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७६ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App