२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा १८ विपद्, आगलागीका घटनामा वृद्धि

मुलुकभर सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर कूल नौ वटा आगलागीका घटना घटेका छन्।  प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलाली गरी नौ जिल्लामा आगलागीका घटना भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर कूल १८ वटा विपद्का घटना घट्दा ती घटनामा परी तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपद्का कारण कूल ११ लाख ० हजार एक सय रुपैयाँ बराबरको क्षति भएको छ।

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित येलुङ रि हिमाल आरोहणका लागि गएका १२ जनाको टोलीमध्ये हिमाल आरोहण गर्ने क्रममा हिउँपहिरोमा परी चार जना विदेशी नागरिक बेपत्ता भएका छन्। यस घटनामा दुई नेपाली र एक विदेशी गरी तीन जनाको मृत्यु भएको छ भने पाँच जना नेपाली घाइते भएका छन्।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ भने भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन्। त्यसैगरि गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ। तनहुँ र कैलालीमा सर्पदंशका कारण तीन जना घाइते भई उपचारका क्रममा छन्।

प्रकाशित: १९ कार्तिक २०८२ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App