१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छोराले गरे आफ्नै बाबुको हत्या

रुकुम– रुकुम (पूर्व)मा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्।

जिल्लाको भुमे गाउँपालिका–७ खानीधारका २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमान कामीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। घरमा केही दिनदेखी सामान्य विवाद हुँदै आएको र बिहीबार बिहान ५ बजे विरतले बाबुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए।

उनले बाबु रमानको घाँटीमा खुकुरी प्रहार गरेर टाउको अलग हुने गरेर हत्या गरेको उनले बताए। हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले बताए। बाबु रमानको शव पोष्टमार्टमको लागि जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट ल्याइदै छ भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App