२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हत्याको आरोपमा चार युवा पक्राउ

रुपन्देही– सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन्।

उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आर्चायको सोमबार ढुङगाले हानेर बीभत्स हत्या भएको थियो। पक्राउ परेका सबै कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ का हुन्। पक्राउ पर्नेमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक रहेका छन्।

पक्राउ परेकामध्ये रमेश विक हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए। उनका अनुसार हत्यापछि उनलाई उनकै मोटरसाइकलमा ल्याएर जङ्गलमा फ्याँकेका थिए। मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आर्चायसँग भएको १३ हजार रुपैयाँको लोभमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

हत्या गरेर जङ्गलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो। पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ। रासस

प्रकाशित: ८ जेष्ठ २०७६ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App