काठमाडौं– प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीलाई ५०० रुपैया घुस दिन खोज्ने बा९५ प४२९ नम्बरको मोटरसाइकल चालक काठमाण्डौ मनोहरा नगरपालिका ०९ का भरत केसी र सोहि ठाउँका यमन दाहाललाई पक्राउ गरेको छ।
शनिबार मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइरहेका उनीहरुले तिनकुने सडक खण्डमा चेकजाँच गर्दा ५ सय घुस दिएर कारबाहीबाट बच्न खोजेका थिए। उनीहरूलाई नगद सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ जेष्ठ २०७६ ०९:२८ आइतबार