१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिका बलात्कार आरोपमा एक पक्राउ

मकवानपुर– एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हिरालाल चौंलागाईलाई प्रहरीले पक्राउ गरेको हो।

हेटौंडा उपमहानगरपालिका–२ मा डेरा गरी बस्ने बालिकालाई शनिबार बलात्कार गरेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् मुकेशकुमार सिंहले बताए। उनका अनुसार चौलागाईमाथि मुद्धा दायर गरी बलात्कारको विषयमा थप अनुसन्धान भईरहेको छ।

प्रकाशित: १ जेष्ठ २०७६ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App