८ वैशाख २०८१ शनिबार
समाज

वडा कार्यालय सोलुखुम्बुमा, सेवा काठमाडौंमा पनि

सोलुखुम्बु - सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका वडा नम्बर ९(लोखिम) कार्यालयले काठमाडौंमा पनि कार्यालय खडा गरी वडावासीलाई सेवा दिन थालेको छ।

काठमाडौं कर्मथलो बनाई बसिरहेका वडाबासीलाई लक्ष्य गरी कार्यालय स्थापना गरिएको लोखिमका वडाध्यक्ष भूपालसिंह राईले बताए।

काठमाडौंको चाबाहिलमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको लोखिम हाउसमार्फत शनिबार पनि खुलेको छ। शनिकार ११ जनाले सेवा लिएका छन्। गत भदौबाट स्थापना भएको लोखिम हाउसबाट हालसम्म ९० जनाले सेवा लिइसकेका वडाध्यक्ष राईले जानकारी दिए।

यस कार्यालय हरेक महिनाको अन्तिम हप्ता खुल्ने गरेको उनले बताए। यस्तो खालको सेवा दिने लोखिम नेपालको एक मात्र वडा कार्यालय भएको उनको दाबी छ।

पन्जीकरणसम्बन्धी सेवाका लागि वडासम्म पुग्नुपर्ने बाध्यतालाई लोखिम हाउसले अन्त्य गरेको सेवाग्राहीले बताएका छन्।

प्रकाशित: २८ वैशाख २०७६ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App