१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अमेरिकी दूतावासद्वारा प्रसूति केन्द्रको शिल्यान्यास

काठमाडौ – अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा मोरङ जिल्लाको बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिलान्यास गरेको छ। अमेरिकी रक्षा मन्त्रालयको आर्थिक सहयोगमा नेपालले निर्माण गर्ने प्रसूति केन्द्रले प्रसूति सेवा प्रदान गर्नेछ।

प्रसूति केन्द्र १२ लाख अमेरिकी डलर लागतमा निर्माण गर्न लागिएको हो। मोरङ प्रसूति केन्द्रले त्यस क्षेत्रका प्रसूतिका बिरामीलाई अस्पतालका शड्ढयासम्मको पहुँच बढाउनेछ। प्रसूति सेवासम्मको पहुँचमा हुने वृद्धिले मातृशिशु मृत्युदरलाई घटाउन र नवजात शिशु र सुत्केरी स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगकी शिक्षा विकास अधिकृत मनिका भिलान्वएभाले प्रसूति केन्द्रमार्फत नेपालमा स्वास्थ्य सेवासम्मको पहुँच बढाउँन पाएकोमा खुसी व्यक्त गरिन्। कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव युएसएड स्वास्थ्य इकाइ र अमेरिकी दूतावासका इकाइका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ वैशाख २०७६ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App