७ वैशाख २०८१ शुक्रबार
समाज

रोल्पा सदरमुकाममा बम विष्फाेट

रोल्पा – सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ।

रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किँदा बजार क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो।

मध्य दिनमा बम पड्केपछि प्रहरी घटना स्थल पुगेको थियो। रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले सामान्य खालको सुतली बम बिस्फोट भएकोे बताए।

प्रहरीका अनुसार विस्फोटबाट कुनै क्षति भने भएको छैन। विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आएका कारण त्यसको विरोधस्वरूप विप्लव कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। मुख्यमन्त्री पोखरेल जिल्ला आउने भएपछि सुरक्षा ब्यवस्था कडा बनाईएको स्थानीय प्रशासनले बताएको छ।

प्रकाशित: १६ वैशाख २०७६ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App