३० आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

समन्वय इकाई प्रमुखले नै च्याते तालिमकोे ब्यानर, ३२ शिक्षक अलपत्र

डोल्पा– राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईबीच विवादका कारण तालिममा सहभागि तीन शिक्षकहरु अलपत्र परेका छन्। उपल्लो डोल्पाका छार्काताङसोङ्ग, डोल्पो बुद्द, से फोक्सुण्डो गाउँपालिकामा रहेका १५  र काइके गाउँपालिकाका १४ गरि २९ बिद्यालयका कक्षा १ देखि ३ सम्मका कक्षा शिक्षकहरु तालिमको लागि हप्तौं हिडेर सदरमुकाम दुनै आएका छन्।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम संयोजक रणबहादुर कार्कीले शिक्षा समन्वय इकाईसँग समन्वय नै नगरि मनपरि रुपमा तालिम सञ्चालन गर्दै आएपछि समन्वय इकाई प्रमुखबीच विवाद हुदै आएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको मातहतमा रहने गरि जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम लागु छ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका संयोजकले आफु खुशी मनपरि रुपमा बैशाख १४ देखि २९ सम्म शिक्षकहरुको लागि १५ दिने क्षमता अभिबृद्धि तथा शिक्षाको गुणस्तर विकास तालिम शुरु गरेका थिए। तालिम शुरु भएको केहि समयमा शिक्षा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले तालिम हलमा पुगेर ब्यानर नै च्यातेर तालिम स्थगित भएको बताएपछि ३२ जना शिक्षकहरु अलपत्र परेका छन।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले प्रारम्भिक कक्षा पढाई कार्यक्रमका संयोजक रणबहादुर कार्कीलाई बारम्बार कार्यक्रम सञ्चालन गर्दा समन्वय गरेर गर्नुहोस भन्दा अटेर गरेर आफु खुशी गर्दे आएको बताए। शिक्षक संघसंगठनलाई उक्साएर कार्यालय हित विपरित कार्य गर्नेसमेतको काम कार्कीले गरेकाले आफुले जिल्ला समन्वयसंगको समन्वय र सहकार्य विना गरिने कुनैपनि कार्यक्रम संचालन हुन नदिने भनेर तालिम ब्यानर थुतेर ल्याएको र तालिम स्थगित गरिएको डाँगीले नागरिक न्युजसँग स्वीकारे।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम क्षेत्रीय कार्यालय नेपालगन्जलाई समेत जिल्ला संयोजकले मनपरि रुपमा कार्यक्रम संचालन गरिरहेको र बजेटमा पारदर्शिता नदेखाएको परिपत्र गरिएको शिक्षा समन्वय इकाई प्रमुख डाँगीले जानकारी दिए।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको लागि तालिम सेमिनार अनुगमन र भ्रमण शिर्षकमा ठुलो मात्रामा बजेट आउने गरेकाले पनि एकले अर्कालाई कार्यक्रम छलेर तालिम अनुगमन तथा भ्रमण गर्ने गरिएबाट पनि दुई पक्षबीच विवाद बढ्दै गएको छ ।

१५ दिने शिक्षकहरुको क्षमता अभिबृद्धि तथा गुणस्तर शिक्षा विकास तालिमको सहजकर्ताको रुपमा रहेका शेरबहादुर खत्रीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका संयोजकले समन्वय नगर्नु गल्ती भएको बताए। खत्रीले भने “समन्वय नभएर तालिम शुरु गनु गलत हो। तर शिक्षा प्रमुख जस्तो ब्यक्तिले एक्कासी तालिम हलमा आएर ब्यानर थुतेर अश्लिल ब्यवहार प्रकट गरेर शिक्षकहरुको अपमान गर्नु मानवीय स्वभावमा सुहाउँदैन।”

तालिममा सहभागि हुन पुगेका शिक्षक श्रीकर्ण बोहराले शिक्षा समन्वय इकाई प्रमुखको ब्यवहारले आफुहरुलाई अपमानित बनाएको बताए। उपल्लो डोल्पाबाट शिक्षकहरु तालिममा सहभागि हुन हप्तौं हिडेर आएका छन तालिम स्थगित भइसक्यो अब खर्च कसले ब्यहोर्ने बोहराले दुःखेसो पोखे।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख डाँगीले शिक्षित ब्यक्तिहरुको सहभागिता रहेको तालिममा गरिएको अशोभनीय ब्यवहारप्रति जिल्लास्थित शिक्षक संघसंगठनका आवद्ध शिक्षक प्रतिनिधिहरुले सामाजिक सञ्जालमार्फत चर्को बिरोध जनाएका छन। राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका संयोजक रणबहादुर कार्की सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित: १५ वैशाख २०७६ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App