८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

राजस्वका दुई कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको जगातीस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत नवराज भट्टराई र नायब सुब्बा सविन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार नायब सुब्बा सुवेदीमाथि स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका क्रममा सेवाग्राहीसँग १५ हजार घुस मागेको अभियोग लागेको छ।

आयोगको टोलीले नायब सुब्बा सुवेदीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कर अधिकृत नवराज भट्टराईले घुस लिन प्रोत्साहित गरेको पाएपछि उनलाई पनि पक्राउ गरेको जनाएको छ। आयोगले जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए। रासस

प्रकाशित: १० वैशाख २०७६ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App