coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साइबर अपराध आरोपमा पोखराका पत्रकार पक्राउ

काठमाडाैं : पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले समातेको छ। बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासविरुद्ध समाचार लेखेको आरोप प्रहरीले गिरीलाई लगाएको छ। 

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी परेको र त्यसैका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो विभागको आग्रहमा गिरीलाई समातिएको कास्की प्रहरीले जनाएको छ। 

कास्कीका डीएसपी रवीन्द्रमान गुरुङले भने, ‘हामीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट समातेर बुझाउन भने, हामीले समात्यौं। बाँकी अनुसन्धान केन्द्रले नै गर्ने उनले जानकारी दिए।

शुक्रबार गिरीले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतासविरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन्। 

महासंघद्वारा आपत्ति

यसैबीच नेपाल पत्रकार महासंघ कास्की शाखाले पत्रकार गिरीको पक्राउप्रति विरोध जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कास्कीका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास (ठगि प्रकरण) समाचार प्रकरणमा साइबर क्राइम अन्तर्गत मुद्दा फिर्ताको माग गरेको छ। 

‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारबाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरी कारबाही गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ गरेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गछौं।’

प्रकाशित: २ वैशाख २०७६ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App