१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरगन्जका अस्पतालमा घाइतेको चाप

वीरगन्ज- बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कलैया र वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ। पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए। उनका अनुसार २ सय ५० भन्दा बढी उपचार गराएर फर्किसकेका छन्। हवाहुरीबाट बाराको चैनपुर, भलही, फेटा, त्रिवेणी, जगतपुर लगायतका गाउँ प्रभावित बनेका छन्।

 प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App