८ वैशाख २०८१ शनिबार
समाज

सडक सुरक्षाको अवलोकन

डोल्पा– रूकुम र डोल्पाको सीमा क्षेत्रमा पर्ने साङ्गले तुसारेदेखि छलगाडसम्मको सडकखण्डको सुरक्षा अवस्था बुझ्न पहिलो पटक जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत निरीक्षण र अवलोकन गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मुकेसकुमार केशरी, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक अवदेश विष्ट, सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढासहितको टोलीले सडक सुरक्षा अवस्थाको स्थलगत निरिक्षण तथा अवलोकन गरेको हो।
डोल्पा सडक सन्जालमा जोडिएसंगै सवारी साधनहरू रोकेर सडकमै यातायातका चालकहरूले नै यात्रुहरूलाई कुटपिट र लुटपाट गर्न थालेपछि  सडक सुरक्षालाई कडाई गर्दै सुरक्षा प्रमुखहरूले उक्त सडक खण्डको सुरक्षा अनुगमन र निरीक्षण गरेका हुन्।

अनुगमनको क्रममा त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङ्गमा पुगेको सुरक्षा प्रमुखहरूको टोलीले वर्तमान सुरक्षा अवस्था, चुनौती, समाधान र नियन्त्रणको प्रयासबारे सर्वसाधारणसँग साक्षत्कार गरेको थियो। साक्षतकारमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका कारण सुरक्षामा थप चुनौती थपिएको बताए।

सवारी चालकहरूबाटै यात्रुहरूमाथि सांघातिक आक्रमण गर्ने लुटपाट गर्ने घटनाले आफूहरूलाई गम्भीर बनाएकाले यस क्षेत्रको सुरक्षालाई सशक्त चुस्त–दुरुस्त र प्रभावकारी बनाउन रूकुम र डोल्पाको सीमा क्षेत्र साङ्गले तुसारे खोलादेखि सिउरेनी खण्डको सिउरेनी बजारमा प्रहरी चौकी स्थापना गरिने बताउँदै  अपराधिक घटना रोकथामका लागि स्थनीयको सहयोग अपरिहार्य रहेको प्रजिअ केसरीले बताए।

प्रहरी नायव उपरीक्षक अवदेश विष्टले स्थानीयको साथ र सहयोगबिना प्रहरी एक्लैले मात्र शान्ति सुरक्षा असम्भव भएकाले स्थानीयको सकारात्मक र रचनात्मक सहयोग आवश्यक रहेको बताए।

सडक दुर्घटन र सडक अपराधलाई रोकथाम गर्न छिट्टै ट्राफिक प्रहरी र सडक खण्ड खण्डमा प्रहरी परिचालन गरिने उनले बताए।
सीमित सुरक्षा जनशक्तिका कारण सबै ठाउँमा प्रहरी नहुने भएकाले सही र समयमै घटनाको सूचना दिन पनि प्रहरी नायव उपरीक्षक विष्टले स्थानीयलाई आग्रह गरेका थिए।

 

प्रकाशित: १० चैत्र २०७५ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App