१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

दुलेगौँडा(तनहुँ)– शुक्लागण्डकी–२ हलेदीमा भएको सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत अर्घाखाँची शितगंगा नगरपालिका ३ का नन्दकुमार श्रेष्ठको मंगलबार राती  ८ बजे भएको दुर्घटनामा मृत्यु भएको हो। 

कार्यालयले अनुसन्धानको लागि तनहुँ खटाएपछि पोखराबाट दमौलीतर्फ आउँदै गरेका श्रेष्ठ सवार ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जवान श्रेष्ठ सवार मोटरसाइकललाई ट्रकको पछाडीको टायरले ठक्कर दिएको थियो।  

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा कोत्रे सडक खण्डको अवस्था निकै नाजुक छ। प्रदेशको राजधानीलाई संघीय राजधानीसँग जोड्ने एकमात्रै राजमार्ग सडक भए पनि कच्ची सडकमा भन्दा बढी खाल्डाखुल्डी छन्। खाल्डाखुल्डी र धुलाम्मे सडकले दैनिकजसो दुर्घटना हुने स्थानीयबासी बताउँछन्। 

प्रकाशित: ६ चैत्र २०७५ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App