८ वैशाख २०८१ शनिबार
समाज

शिक्षिकालाई ज्यान मार्ने धम्की

तनहुँ, भदौ २० (नागरिक) - दिपज्योती प्राथमिक विद्यालय रिसिङरानीपोखरी-९ की प्रधानाध्यापक ईश्वरी अधिकारीलाई अज्ञात समुहले ज्यान मार्ने धम्की दिएका छन्। धम्की आएपछि जीवनरक्षाका लागि उनले पत्रकार र मानवअधिकारवादीलाई आग्रह गरेकी छिन्।

पाटन इङ्गलिस बोर्डिङ स्कुलकी शिक्षिका शान्तिमाया तिमिल्सेनाको मोवाईलमा ९८४९३३४३०२ नम्बरको मोबाइलबाट फोन गरी आफूलाई ज्यान मार्ने धम्की दिएको अधिकारीले बताईन्। उनले सुरक्षाका लागि भिमाद प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन दिएकी छिन्।


गत भदौ १५ गते विद्यालयबाट घर तर्फ जाने क्रममा खहरे भन्ने स्थानमा एक अपरिचित व्यक्तिले पछाडिबाट आक्रमण गरेको समेत उनले बताइन्। उनले भनिन, 'उसको आक्रमणबाट म बेहोस भए।'
२०५८/०५९ सालमा पनि आफूमाथि यसरीनै आक्रमण गरिएको र घर गोठ समेत जलाई दिएको उनले बताइन्। आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० भाद्र २०६७ ००:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App