८ वैशाख २०८१ शनिबार
समाज

कालिकोटका ९ वटै स्थानीय तहमा पुगे बैंक

कालिकोट – कर्णालीका दुर्गम जिल्लामा पछिल्लो समय बैंकिङ कारोबार धमाधम संचालन हुन थालेको छ। स्थानीय सरकार संचालन भए पश्चात हाल गाउँका सिंहदराबारमा बैंकिङ कारोबार संचालन हुन थालेको हो। भौगोलिक विकटतासँगै सुरक्षाको दृष्टिकोणले चुनौति देखिएका दुर्गम जिल्लामा एकाएक बैंकिङ सेवा सुरुवात भएको छ।

स्थानीय तहको सुरुवातीसँगै बैंकले पनि गाउँगाउँमा हात हाल्न थालेका हुन्। पछिल्लो समय कर्णालीका दुरदराजका स्थानीय तहमा बैंकिङ सेवा संचालन भएपछि कर्णालीवासी खुसी भएका छन्। कालिकोटका ९ वटै स्थानीय तहमा बैंकिङ सेवा संचालनमा आएका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनमा तल्लो तहका बैंकले स्थानीय तहमा बैंकिङ सेवा संचालनमा ल्याएको राष्ट्रिय बाणिज्य बैंक कालिकोट शाखाका प्रबन्धक जयप्रकाश बरालले बताए।

प्रबन्धक बरालले भने, ‘पछिल्लो समय जिल्लामा बैंकको विकास हुनका साथै ग्राहले राम्रो सेवा पाएका छन्।’ स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वषौंदेखि सेवा पाउनबाट बन्चित दुर्गम जिल्लाका स्थानीयवासीलाई कारोवारमा सहज भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा सानीमा बैंक, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिकामा नविल बैंक, रास्कोट नगरपालिकामा ग्लोबल आइएमइ बैंक संचालनमा आएका छन्। त्यस्तै नरहरिनाथ र शुभकालिका गाउँपालिकामा कृषि विकास बैंकले सेवा दिएको छ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेको तिलागुफा नगरपालिकामा इन्भेष्टमेन्ट बैंक स्थापना भएको छ। सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकालाई बैंकिङ कारोबारमा त झनै सहजता भएको छ। विगतमा स्थानीयलाई गाउँमा बैंक नहुँदा २ दिनको पैदल यात्रा गरेर सदरमुकाम आउने झमेला थियो। स्थानीय तहमै बैंक स्थापना भएपछि सरकारी तथा निजी कार्यालयलाई मात्र नभएर व्यक्तिगत कामका लागि पनि सहयोग पुगेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App