१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर

जिल्ला अस्पताल कालिकोट ।    तस्बिर : पवित्रकुमार शाही/नागरिक

कालिकोट – कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर रहेको जिल्ला अस्पतालले निकालेको तथ्यांकले बताएको छ। तथ्यांकअनुसार जिल्लामा हाल ३८ जना एचआइभी संक्रमित छन्। तीमध्ये पुरुष १५ जना छन्। जसमा एआरटी सेवा नलिने २ महिला र  १२ वर्षीया बालिका छन्।

जिल्ला अस्पतालमा रहेको एआरटी सेवाबाट ३५ जनाले नियमित सेवा लिने गरेका अस्पतालले जनाएको छ। तथ्यांकका आधारमा १ जनाको एचआइभीका कारण मृत्यु भइसकेको अस्पतालले जनाएको छ। जिल्ला अस्पताल कालिकोटसहित स्वास्थ्य संस्थाहरूले जिल्लामा सचेतनामूलक कार्यक्रम चलाउँदै आएका छन्। 

समाजमा एचआइभी संक्रमित लुकेर नबसेका जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख डा। भीष्म पोखरेल दाबी गर्छन्। जिल्लामा पर्याप्त जनचेतनाका कारण संक्रमितहरू पनि यस रोगबारे खुलेर कुरा गर्न थालेका छन्। जोखिममा रहेका कतिपय संक्रमित पनि निर्धक्कसंग चेकजाँच गर्न आउँने गरेको डा। पोखरेलले जानकारी दिए।

डा.पोखरेलले भने, ‘लागूऔषध प्रयोगकता, यौनकर्मी, तेस्रोलिंगी मुख्य जोखिममा छन्।’ संक्रमितका लागि जिल्ला अस्पताल कालिकोटमा निःशुल्क एआरटी सेवा उपलब्ध छ। जिल्ला अस्पतालबाट ३४ जनाले यो सेवा लिइरहेका छन्। जिल्लाका हरेक स्वास्थ्य संस्थामा आमाबाट बच्चामा एचआइभी संक्रमण रोक्नका लागि एचआइभी जाँच सेवा उपलब्ध गराइएको सिनियर अहेव हेमराज बमले बताए। 

भयावह देखिएको संक्रमणको अवस्था स्थिर रहनुमा जनचेतना प्रमुख कारण भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिकामा एचआइभी संक्रमितको संख्या अन्य स्थानीय तहमा भन्दा बढी छ।

 

प्रकाशित: २५ फाल्गुन २०७५ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App